Saturday, August 1, 2015

राष्ट्रसेवक कर्मचारी अख्तियारको फन्दामा

अख्तियारको सक्रियता पश्चात अत्तालिएका भ्रष्टहरुले घुस असुल्ने बिभिन्न तरिकाहरु अवलम्वन गरिरहेका छन् । शनिवार घुस लिँदा अख्तियारले के गर्ला र भन्ने मानसिकता बोकेर घुस खल्तिमा भर्ने एक राष्ट्रसेवक कर्मचारी साउन १६ गते अख्तियारको फन्दामा परेका छन् । बत्ति जडान गरिदिने नाममा एक सेवाग्राहीबाट लिएको २५ हजार रकमको थैलो बोकेर बाटो तताउने क्रममा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका ईलेक्ट्रिकल सुपरभाईजर मानपुर टपरा ९ बर्दिया घर भएका बिनोद पण्डित पक्राउ परेका छन् । शनिबारको दिन कार्यालयमा नै सेवाग्राहीलाई बोलाएर उनले सो रकम लिएका थिए । 
साउन १५ गते मात्रै अख्तियारले जिल्ला बन कार्यालय बाँकेका निमित्त बन प्रमुख बद्रुद्दिन खाँ लाई नगद ४० हजार सहित पक्राउ गरेको थियो । यसरी रंगेहात पक्राउ पर्नेहरुको सँख्या ९ पूगेको छ ।