Wednesday, October 8, 2014

नागरिक समाजको स्वतन्त्रता माथि प्रश्न चिन्ह
नमस्कार शाह
जनताद्धारा जनताका लागि गरिने शासन प्रणालीलाई प्रजातन्त्र, लोकतन्त्र भनिन्छ, प्रजातन्त्रमा जनता सार्वभौम हुन्छन् । स्वतन्त्रता, मानब अधिकारको रक्षा, सुशासनको बाहाली, सुरक्षा, शान्ति, कानुनको शासन प्रजातन्त्रका बलिया आधारस्तम्भ हुन् । जुन प्रणालीमा शासन सञ्चालन गर्नका लागि जनताले आफ्ना प्रतिनिधि चुनेर पठाउँछन् । त्यस्ता प्रतिनिधिहरु बिभिन्न राजनितीक दलहरुबाट प्रतिनिधित्व गर्दछन् । यसरी बिभिन्न दलबाट प्रतिनिधित्व गर्दै जनताबाट चुनिएर जानेहरुले सरकार सञ्चालन गर्दछन् ।
जनताले पठाएका प्रतिनिधिहरुबाटै सरकार बनेता पनि उनीहरु अधिकारमा पुग्दा जनता प्रति जवाफदेही नहुन सक्ने खतरा बढि हुन्छ, त्यस्तो अवस्थामा जनताले सरकारका बिरुद्ध स्वतन्त्र ढँगले आवाज उठाउन सक्दछन्, बिरोध जनाउन सक्दछन् । यस्तो बेला नागरिक समाजले सरकार र जनता बिच पुलको काम गर्नु पर्दछ, सहजिकरणको भुमिका निर्बाह गर्नु पर्दछ ।
लोकतान्त्र्रिक मूल्य र मान्यता अवलम्बन गरेका राष्ट्रहरुमा नागरिक समाजको भूमिका अपरिहार्य हुन्छ । नागरिकका आवाज उठाउन र समाजिक सवाल उठान गर्नका निमिक्त नागरिक समाजको परिकल्पना गरिएको हो । नागरिक समाज सँगठित स्वतन्त्र शक्ति हो, जसमा गैर सरकारी, गैर राजनितीक व्यक्तिहरु सँलग्न रहन्छन् । जसले नागरिकका निम्ति सामाजिक आन्दोलनहरु, अभियानहरु सञ्चालन गर्दछ । यो स्वयंसेबि सँस्था हो । जसले साझा बिषयमा सधैं स्थानीय श्रोत, साधनको उपयोग गरेर काम गर्दछ । नागरिक सवालका बिषयमा सरकारलाई दवाब दिने, सरकारी कमि, कमजोरीहरु बिरुद्ध आवाज उठाउने, सरकारी निती तथा कार्यक्रमहरुको अनुगमन गर्ने, रचनात्मक सुझाबहरु दिने काम गर्दछ । यो सँगठित तथा असँगठित रुपमा रहन सक्दछ । यो अनुशासित शक्ति हो, जसले जनता प्रति सरकारलाई जवाफदेही बनाउने कोशिस गर्दछ । ठूला, ठूला सामाजिक अभियान तथा परिवर्तनमा नागरिक समाजले अहम् भूमिका खेल्ने गर्दछ ।
नेपालकै ईतिहाँसलाई हेर्ने हो भनेपनि नागरिक समाजले ठूल–ठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन् । चाहे २०४६ को पहिलो जनआन्दोलन होस्, चाहे २०६२÷२०६३ को दोश्रो जनआन्दोलन होस् या अन्य आन्दोलन, ति सबै आन्दोलनमा नागरिक समाजले अग्रणी र नेतृत्वदायी भूमिका निर्बाह गरेको थियो । त्यति मात्र नभई नागरिकको चेतना स्तर अभिबृद्धि गर्न, सामाजिक परिवर्तन गर्नका लागि नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । लोकतन्त्रलाई सहि मार्गमा हिँडाउन, सामाजिक सन्तुलन कायम गराउने मार्ग तर्फ अग्रसर हुने जिम्मेवारी नागरिक समाजको हो । यति हुँदा हुँदै नागरिक समाज जिवन्त र स्वतन्त्र नभएको आरोप लाग्ने गरेको छ । पश्चिमा राष्ट्रहरुमा नागरिक समाजको स्वतन्त्रता र निष्पक्षता माथि प्रश्न चिन्ह खडा भईरहेको छ । अझ नेपालको नागरिक समाज बिभिन्न राजनितीक आस्थामा बिभक्त छ, बिभाजित छ । नागरिक समाजका अगुवा बिबादित छन् । राजनैतिक दल र नागरिक समाजको दोहोरो, दुईपक्षिय भूमिकामा एकै व्यक्ति देखिनाले नागरिक समाजको मर्यादा नेपालमा घट्दै गएको आभाष हुन्छ ।
यस सन्दर्भमा चर्चित समाजशास्त्रि डाक्टर सौभाग्य शाहद्धारा लिखित ऋष्खष् िक्यअष्भतथ ष्ल उबिअभक  स क्यात कतबतभ बलम चभनष्mभ अजबलनभ ष्ल ल्भउब िनामक पुस्तकमा उनले नेपालको नागरिक समाजको आलोचना गरेका छन् । उनले नेपालका राजनितीक दल र नागरिक समाजको भुमिकामा खासै फरक नरहेको टिप्पणि गरेका छन् भने नागरिक समाजलाई एनजिओकरण गरिएको यथार्थ तथ्य प्रस्तुत गरेका
छन् । देशमा कानुनको शासन सुनिश्चित गर्न, नागरिक हक, अधिकार संरक्षित गर्नुको सट्टा राजनितीक दलहरुको जस्तो काम गर्ने,  शक्ति र सत्ताको ख्याल गर्ने, कुनै एउटा पार्टीको पक्षपोषण गर्ने जस्ता प्रबृति नेपालको नागरिक समाजमा देखिएको उनको भनाई छ । उनले भने जस्तै नेपालमा नागरिक समाजका बारेको बुझाईमा धेरैलाई भ्रम छ ।
नेकपा एमालेको गत महाधिबेशन ताकाका अध्यक्ष पदका प्रत्याशि सुबोधराज प्याकुरेल हाम्रो देशको नागरिक समाजका ठूला नेता हुन् । उनी मात्र नभई उनी जस्ता नागरिक समाजका अगुवा बिभिन्न दलका नेताहरु छन् । दलका नेताहरु नैं नागरिक समाजका अगुवा भएपछि कसरी हुन्छ, नागरिक समाजको निष्पक्षता ? अनि तिनै व्यक्तिहरुले अगुवाई गरेको नागरिक समाजको झुण्डले उनीहरुको पार्टीले गरेको कमजोरीका बिरुद्ध कसरी आवाज उठाउन सक्दछ ? यो सोचनिय बिषय हो ।
नागरिक समाजको खोल ओढेर पार्टीको पक्षपोषण गर्नु, पार्टीहरुको आडमा नागरिक समाजका नाममा सँगठित हुनु, बिभिन्न दलको प्रचार, प्रसारमा लाग्नु, झण्डा बोक्नु, दिनहुँ राजनितीक शक्ति केन्द्रहरु धाउनु कदापि नागरिक समाजका सदस्यको कार्य हुन सक्दैन । स्वतन्त्रता र निष्पक्षता नागरिक समाज का गहना हुन्, चरित्र हुन् । यहि चरित्रबाट नागरिक समाजको मर्यादा बढेको हो तर नागरिक समाजको खोल ओढेका अवसरवादी तथा गैर नागरिक समाजका सदस्यहरुका कारण यसको मर्यादा घट्दै गईरहेको छ । एउटा दलको नेता, कार्यकर्ता पनि नागरिक समाज, फौजदारी अभियोग लाग्ने गरि अपराधिक काम गर्ने व्यक्ति पनि नागरिक समाज, सरकारी जागिरे, रात दिन पैंशा कमाउन तल्लिन व्यक्ति पनि नागरिक समाज, स्वतन्त्र ढँगले कुनै दलको सदस्यता नलिएको, सरकारी जागिर नखाएको व्यक्ति पनि नागरिक समाज भएपछि कसलाई नागरिक समाज भनेर
चिन्ने ? सर्बसाधारण अन्यौलमा छन् । बिश्वको परिभाषा अनुसार नेपालको नागरिक समाज नभएपछि अव नेपालका लागि मात्रै नागरिक समाजको परिभाषा परिबर्तन गर्ने हो कि ? ताक परे तिवारी नत्र गोतामे भनकै नागरिक समाज रहेछ भनेर ? अन्यथा नागरिक समाजको मर्यादा कायम गर्न कोहि चुक्नु हुँदैन ।
(शाह बासका निर्देशक हुन्)

Wednesday, October 1, 2014

कस्तो छ मध्यपश्चिमको पत्रकारिता ?

नमस्कार शाह
हाम्रो कर्णाली दैनिक कालिकोटका कार्यकारी सम्पादक रमेश रावलले २०७१ असार १२ गतेको अँकमा नागरिकता बितरणमा त्रुटी भएको बिषयमा नागरिकता बितरणमा प्रशासनको लापरवाहि शिर्षकको समाचार लेखे । उनले लेखेको समाचारमा आधिकारीक व्यक्तिको प्रतिकृया नलिएको बाहेक अरु कुनै गल्ति
थिएन । समाचार चित्त बुझ्दो नभए, झुठ्ठा भए खण्डन गर्ने, खण्डन प्रकाशन नगरे वा खण्डनले चित्त नबुझे कानुनी कार्वाही तर्फ जानु पर्नेमा स्वयं यस्ता गुनासोहरु सुन्नु पर्ने आधिकारिक व्यक्ति कालिकोटका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौरीले नैं कानुनी बाटो अवलम्बन गरेनन् । उनले आफ्नै कार्यकक्षमा बोलाई पत्रिका खारेज गरिदिने धम्कि दिए । स्वयं प्रमुख जिल्ला अधिकारीनैं यो शैलीमा ओलिएपछि अन्य सरकारी कार्यालयका प्रमुखहरुले पनि सोही बाटो अवलम्बन गर्नेनैं भए । सक्रिय पत्रकारको रुपमा क्रियाशिल खड्काले बिभिन्न कार्यालयका कमि, कमजोरीका बिषयमा केन्द्रित भएर लेखेका समाचारका बारेमा उनलाई सरकारी कार्यालय प्रमुखहरुले धम्याउन थाले । यसरी निरन्तरको धम्याईपछि असुरक्षित महसुस गर्दै रावल जिल्ला छाड्न बाध्य भए । रावल १ महिना देखि काठमाण्डौंमा बिस्थापित छन् —भर्खरै जिल्ला पूगेर समस्या समाधान गरि फर्किएका नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम संयोजक झलक गैर भन्छन्— सबै सरोकारवालासँग पत्रकार आचारसंहिताका बिषयमा छलफल गरेर रावललाई पुर्नस्थापित गर्ने लगाएतका बिषयमा साझा सहमति गर्न सफल भएका छौं । यो एउटा प्रनिधिमूलक घटनामात्र हो, यस्ता घटना मध्यपश्चिममा दिनहुँ घटिरहेका छन् । पत्रकार आचारसंहिताको उलँघन पत्रकारहरुबाट भईरहेकोछ, तर पिडीत भएको भनिएकाहरु कानुनी बाटो अवलम्बन गर्दैन । आफ्ना बिरुद्ध समाचार छापिए चिक्त नबुझे खण्डन गर्ने र सो पनि नभए कानुनी उपचार खोज्दै प्रेश काउन्सील, जिल्ला प्रशासन, अदालत जाने गरेका घटनाहरु एकदमै बिरलै छन् । मध्यपश्चिममा समाचार लेख्ने पत्रकारलाई धम्क्याउने, मिलेर जाने र शरण पर्ने तीनवटा प्रबृत्ति बढि देखिन्छ—महासँघको केन्द्रिय सदस्य निर्बाचित भए पश्चात मध्यपश्चिमका १० जिल्ला पूगिसकेका गैरे भन्छन्—पत्रकारहरुमा सच्चिने तत्परता देखिदैन, सरोकारवालाहरुमा पनि सच्याउने भन्दा प्रतिशोध साँध्ने शैली हाबी भएको पाईन्छ । उसो त प्रेस काउन्सीलमा १० बर्षमा परेका उजुरीकै आँकडा हेर्ने हो भने उजुरीको सँख्या एकदम न्यून छ । जस अनुसार चरित्र हत्या ः ७१ (३४.४६ प्रतिशत) आचारसंहिता उलंघन ः ६४ (३१.०६ प्रतिशत) मानहानी ः २१ (१०.९४ प्रतिशत) गाली बेइज्जती ः १४ (६.९९ प्रतिशत) भ्रष्टाचार ः १२ (५.८२ प्रतिशत) बेइज्जत, चरित्रहत्या, मानहानी र अन्य ः २४ (१०.६३ प्रतिशत) मात्रै रहेकोछ ।
महासँघकै तथ्याँक हेर्ने हो भने मध्यपश्चिममा १५ सय बढि महासँघकै सदस्य छन् भने त्यो बाहेकका पत्रकारहरुको सँख्या करिब १५ सय छ, यसरी हेर्दा करिब ३ हजार पत्रकार मध्यपश्चिममा कार्यरत रहेको अनुमान गर्न सकिन्छ । यति ठूलो सँख्यामा रहेका सबै पत्रकारहरु आचारसंहिताका बारेमा जानकार छैनन् । जानकार भएकाहरु पनि आचारसंहिता पालना तर्फ सचेत छैनन् । आचारसंहिता उलँघन गर्नेहरु बिरुद्ध कार्वाही गर्न, गराउन तर्फ अग्रसरताको अभाब छ । पत्रिकाले ठूलो शिर्षकमा समाचार दिन्छ, समाचारसँग जोडिएकाहरु सो को बिरोध गर्न तम्सिन्छन् तर खण्डन गर्दैनन् न त कुनै कानुनी प्रकृया अवलम्बन गर्दछन् —बर्दियाबाट प्रकाशित हुने एक साप्ताहिकका सम्पादक भन्छन्—पछि सो बारे पत्रिका पनि मौन बस्छ, बिरोध गर्नेहरु पनि मौन बस्छन् । उनी थप्छन्—यसको अर्थ दुईपक्ष बिच सम्झौतामा बिबाद टुँगिनु हो, कि पत्रिकाको समाचार गलत हुनु पर्यो कि बिरोध गर्नेहरु गलत हुुनु पर्यो, दुबै गलत, दुबै ठिक कसरी हुन सक्छ ? —उनको बुझाईछ —यो पत्रकारिताको डरलाग्दो प्रबृत्ति हो ।
उनको बुझाई जस्तै स्वयं नेपाल पत्रकार महासँघका जिल्ला शाखाहरुले यस्ता बिबाद सम्झौतामा टुँग्याउँने गरेको पाईन्छ, समाचार सत्य हुँदा, हुँदै पनि पत्रकारका पनि केही, कमजोरी हुँदा महासँघ सम्झौतामूखि हुनु परेको महासँघ सम्बद्धहरुको बुझाई छ ।
उसो त कतिपय सचेत पाठक तथा समाचारका पिडीतहरुले खण्डनको बाटो अबलम्बन गर्दा सास्ति भोग्नु परेको अवस्था पनि छ, जुन पत्रिकामा समाचार प्रकाशन भयो, चित्त नबुझे सप्रमाण तर्कबद्ध ढँगले सोही पत्रिकामा खण्डन दिनु पर्दछ र सो खण्डन प्रकाशन गरिनु पर्दछ, यो पत्रकारिताको मूल्य, मान्यता र आचारसंहिता भित्रको कूरा हो तर कतिपय पत्रिकाहरुले त्यस्ता खण्डनहरुलाई स्थान नदिएको पाईन्छ । यसरी खण्डन सम्बन्धित पत्रिकामा प्रकाशन नभएपछि पिडीतहरु अन्य पत्रपत्रिका गुहार्ने गरेको पाईन्छ तर अन्य पत्रिकाहरुले अर्काे पत्रिकाको खण्डन खण्डनको रुपमा नभनि खण्डनलाई बिज्ञापनको रुप दिई प्रेश बिज्ञप्तीका नाममा प्रकाशन गरेको पाईन्छ । जसबाट पिडीत थप आर्थिक रुपमा पिडीत भएको पाईन्छ भने पत्रपत्रिकाका बिचमा मनमुटाबको बाताबरण पनि श्रृजना गरिदिन्छ ।
यो राम्रो संस्कार होईन— नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम संयोजक झलक गैर भन्छन्—तर पिडीतले सफाई दिन चाहिँ पाउनु पर्दछ । अर्काे तर्फ खण्डनका नाममा कमि, कमजोरीहरु ढाकछोप गर्न सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई तथानाम गाली, गलौच गरि खण्डन लेख्नेहरुको पनि कमि छैन । 
बढि पत्रकारहरु भएको मध्यपश्चिमका केही जिल्लाहरु मध्येको एक दाँगमा भने खण्डन गर्ने सँस्कार अलि बढि छ, महासँघ दाँगका अध्यक्ष सुदिप गौतम भन्छन्—खण्डन गर्ने र प्रकाशन, प्रशारण गर्ने चेतना हाम्रो जिल्लामा अलि बढि भएको हामी पाउँछौं । उनी थप्छन्—तर खण्डन गर्ने भन्दा समाचार सत्य नलागे पत्रकार सम्मेलन गर्ने प्रचलन दाँगमा बढि छ । उनका अनुसार, सप्रमाण सहित कुनै समाचारको बिषयलाई लिएर पत्रकार सम्मेलन गर्न थालिएको छ भने पत्रकारहरुको सहभागिता पनि त्यस्ता सम्मेलनहरुमा राम्रै हुने गरेको छ । त्यस्ता सम्मेलनहरुमा स्वयं समाचार लेख्ने पत्रकार पनि सहभागि हुने गरेको गौतमले बताए । सम्मेलनका आयोजकले पत्रपत्रिकामा प्रकाशित समाचार लेख्ने पत्रकार भन्दा समाचार दिने व्यक्ति र श्रोत प्रति बढि आक्रोशित भएको पाईन्छ—गौतम भन्छन्—पत्रकार सम्मेलनको समाचार सबै सञ्चार माध्यमले प्रकाशन, प्रशारण गर्दछन् तर पत्रकार सम्मेलन किन आयोजना गर्नु पर्यो भन्ने बिषयमा समाचार बोलेको पाईँदैन ।
स्वयं समाचार लेख्ने पत्रकारले पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको बिषयका बारेमा समाचार प्रकाशन गर्दछ तर आपूmले लेखेको समाचार गलत भएको, सच्चाईएको, गल्ति स्विकार गरेको वा माफि मागेको भनेर कुनै सामाग्रि प्रकाशन गरेको देखिदैन—गौतमले भने—दाँगमा हाल सम्म औपचारिक रुपमा आचारसंहिता उलँघनका घटना घटेका छैनन् । यता सुर्खेतमा भने गएको ६ महिनामा ३ वटा उलँघनका घटना घटेको भन्दै निबेदन महासँघमा दर्ता भएको सुर्खेत शाखा अध्यक्ष गणेश कञ्चन भारती
बताउँछन् । उनका अनुसार नभएको कुरा लेखियो भन्दै महासँघमा उजुरी पर्ने गरेका छन्, महासँघले त्यस्ता उजुरीहरुका बिषयमा छानबिन गरि समस्या समाधान गरिरहेको छ । उनले पत्रकार आचारसंहिताको पालनामा जोड दिनका लागि सुर्खेतका सबै सञ्चार गृहका कार्यालयहरुमा आचारसंहिता उल्लेखित बोर्ड राख्न थालिएको जनाए ।
बाँके र बर्दियामा केही सञ्चारकर्मीहरुले मोटरशाईकिल लगाएतका सवारी साधनहरुमा स्थायी रुपमा प्रेश, पत्रकार लेख्ने गरेका छन् भने केहीले प्रेश लेखिएका ज्याकेट तथा परिचयत्रपत्रको दुरुपयोग गर्दै आएका घटनाहरु पनि सार्वजनिक हुँदै आएका छन् ।  गैर पत्रकारहरुले पत्रकारिताको पगडी गुथ्ने, केही पत्रकारहरुले महिनावारी संकलन गर्ने कारणले राम्रा पत्रकारहरु र पत्रकारिता जगतनैं बदनाम हुने गरेको रोल्पामा कार्यरत एक महिला पत्रकारले बताईन् । एक पटक पत्रकार महासँघको सदस्य लिए उसले पत्रकारिता गरेपनि नगरेपनि उ महासंघको सदस्य रहिरहने कारणले पनि समस्या उत्पन्न भएको छ  । खराब प्रबृत्तिका व्यक्तिहरुले त्यहि महासँघको सदस्यता भजाउने गरेका छन् । मध्यपश्चिमका बिभिन्न जिल्लाहरु मध्ये केही जिल्लाले निष्क्रिय सदस्यहरुको सदस्यता खारेज गरेपनि धेरै जिल्लामा भने गैर पत्रकार र निष्क्रिय सदस्यहरुको सदस्यता कायम छ ।
रुकुमका पत्रकार राजु लामिछानेको बुझाईमा पत्रकार आचार संहिताको उलँघन गैर पत्रकारहरुबाट बढि हुने गर्दछ । गैर पत्रकारहरुनैं अनुचति फाईदा लिन तर्फ लालयित भएको पाईन्छ—उनी भन्छन्—पहाडी जिल्लामा पत्रकारिताका नाममा धेरैले ठेकेदार, कार्यालय प्रमुख र तस्करहरुबाट बर्षेनि ठूलो रकम बार्गेनिँग गरेर असुल्छन् ।
कम पत्रकार भएको जिल्ला मध्येको एक मुगुमा कार्यरत पत्रकार गोकर्ण शाही भने मुगुमा आचारसंहिता अक्षरशः पालना भईरहेको बताउँछन् । उनी भन्छन्—सानो संख्यामा पत्रकारहरु रहँदा कसले के गर्यो भन्ने कुरा तत्काल थाहा भईहाल्ने कारणले पनि आचारसंहिता उलँघन नभएको हुन सक्छ ।
अभाब आचारसंहिता पालनाको मात्र होईन, मुल्य, मान्यता सहितको मर्यादित पत्रकारिताको पनि अभाब छ पत्रकारितामा । रिस साँध्न र प्रतिशोध लिन पत्रकारिता गर्ने, पत्रकारिताका नाममा तडक, भडक गर्ने पत्रकारहरुको बिग, बिगिका कारण मर्यादित पत्रकारिता औपचारिकतामा मात्र सिमित छ ।
नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रिय सदस्य जनक नेपाल मर्यादित पत्रकारिताका लागि साझा प्रतिबद्धताको खाँचो भएको बताउँछन् । मर्यादित पत्रकारिताको अभाब र खण्डन वा कार्वाहीका लागि प्रकृयामा नजाने पाठक तथा सरोकारवालाका कारण पत्रकारहरु आक्रमणमा पर्ने गरेको उनको बुझाई छ ।
बिबिध समस्याका बाबजुत मध्यपश्चिमको पत्रकारिता सम्भावना तर्फ अग्रसर छ । सञ्चार माध्यमका बिरुद्धमा चिया, भट्टि पसल र चौकमा हुने गफको क्रम घटेकोछ । पत्रकारिताको पूरानो धँग, धँगि घट्दै गएको
छ । नयाँ क्षमतावान पूस्तामा पत्रकारिता पूस्तान्तरण हुँदैछ, सञ्चार माध्यमहरुको बढोत्तरीसँगै आधुनिकता र अबसर तर्फ पत्रकारिता अग्रसित हुँदैछ । यि बिभिन्न सम्भावनाहरुले खतरा र समस्यालाई बिस्तारै ओझेल पार्ने निश्चित छ ।

भ्रष्टाचारीलाई छोरी नदिउँ

नमस्कार शाह
भ्रष्ट आचारणनैं वा बिग्रेको मति नैं भ्रष्टाचार हो । व्यक्तिगत स्वार्थपूर्तिका लागि सार्बजनिक पद वा सम्पक्तिको दुरुपयोगलाई भ्रष्टाचार भनिन्छ । भ्रष्टाचारीले अरु काम केही नपाए समुन्द्रको छालनैं गनेर भएपनि भ्रष्टाचार गर्छ भन्ने जनबिश्वास रहेकोछ भने भ्रष्टाचारीलाई पौरखि मानेर नाता जोड्नेहरुको पनि यहाँ कमि छैन ।
भ्रष्टाचारले कानुनी शासन र लोकतान्त्र्रिक राज्यको उपहास गर्दछ । यसले सनै सनै समाज र राष्ट्रलाई खोक्रो बनाउँछ । भ्रष्टाचार बढ्दै गएमा देशको अर्थतन्त्र चौपट हुन्छ, बिकास अबरुद्ध हुन्छ, राज्यका संयन्त्रहरु कमजोर हुँदै जान्छन् भने भ्रष्टहरुका केन्द्र बलिया भएर जान्छन् । यस्ता केन्द्रहरु बिस्तारै राजनितीक, प्रशासनिक, न्यायिक लगाएतका क्षेत्रहरु हाबी हुन्छन्, अनि देश दुर्गतीको भड्खालोमा फस्छ ।
यहि पृष्ठभुमिमा देशमा भ्रष्टाचार बढिरहेकोछ, संस्थागत भईरहेकोछ, अधिकाँश नागरिकहरु भ्रष्टहरुको प्रगति टुलुटुल हेरीरहेका छन् । कानुनको अपव्याख्या गरि भ्रष्टाचार सहने सर्बसाधारणहरुको बानीको फाईदा लुट्दै केही भ्रष्ट मनोबृत्तिका सरकारी कर्मचारीहरुले सरकारी संयन्त्रलाई दुहुनो गाई बनाएका छन् । निःशुल्क रुपमा दिने सेवा बेचिरहेका छन्, लक्षित बर्गमा जाने बजेट बिचैमा झ्वाम पारिरहेका छन् । बिकास निर्माणका संरचनाहरु निर्माण भएको केही समयमैं गुणस्तरहिन भएर भत्किदैछन्, भवनहरु चर्किदैछन्, ठूला ठूला महत्वाकाँक्षि योजनाहरु भित्र, भित्र  मक्किदैछन् । अर्काको भागको गास खोसेर जनताको आँखामा छारो हालेर कसैका शहर, बजारमा अत्याधुनिक महल ठडिदैछन्, बातानुकुलित गाडी थपिदैछन्, कार्यकर्ता पोसिदैंछन्, छोरा छोरीलाई महँगा स्कुल र कलेज पठाईदैछ, कसैका श्रीमतीहरु महँगा गहनाले सिंगारिदैछन् ।
यो अबस्थामा भ्रष्टाचार बिरुद्ध थुप्रै ऐन, नियम र निर्देशिकाहरु बनेका छन्, केही सरकारी पहलहरु भएका छन्, नागरिक समाजका केही संघ, संस्थाहरु, कानुन व्यवसायि, संचारकर्मीहरु भ्रष्टाचारका बिरुद्ध लागेका छन्, तर भ्रष्टाचारको अबस्था हेर्ने हो भने सरकारी प्रयास र नागरिक समाजको तदारुकता अप्रयाप्त छ, । समाज भ्रष्टाचार सहने समाज भएकोछ, समाजका सदस्यले भ्रष्टाचारलाई संस्कारको रुपमा हेर्ने हुन् की भन्ने भय छ, यो परिबेशमा अब सबै चेतनशिल नागरिकहरुको भुमिका असाध्यै महत्वपूर्णछ, भनिन्छ चेतनशिल नागरिकहरु समाज परिबर्तनका संबाहक हुन् । बिकृति, बेथिती र बिसंगतिका बिरुद्ध लड्न सक्ने, खतरा मोल्न सक्ने व्यक्तिनैं युग चेतना बोकेको व्यक्ति हो, त्यस्ता व्यक्तिहरुको जमातले मात्रै समाज परिबर्तन् गर्न सक्छन्, समाज चुड्कि बजाएका भरमा वा भाषण गरेका भरमा परिबर्तन हुँदैन, समाज परिबर्तनका लागि खराब तत्वका बिरुद्ध बोल्ने र औंला ठड्याउनेहरुको संख्या अभिबृद्धि हुनै पर्छ, काम गर्नेहरुको संख्या बढ्नै
पर्छ ।
भ्रष्टाचारीहरु निश्चित रुपमा शक्तिशालि र सम्पन्नशालि हुन्छन्, उनीहरु कागजी घोडा चलाउन र चतुर्याईं गर्न असाध्यै माहिर हुन्छन् । उनीहरुका बिरुद्ध बोल्नु भनेको उनीहरुको बिलाशिताको जीवन र निहित स्वार्थ माथिको आक्रमण हो, यो भने जति सहज छैन तर नगरि पनि सुख छैन, किनकि केही मुठ्ठि भरका व्यक्तिले हाम्रा् भाग खोस्दैछन् । हाम्रो भाग खोस्नेका बिरुद्ध कन्दनी कसेर लाग्नुको बिकल्प छैन । यसका बिरुद्ध नागरिक समाज, भ्रष्टाचार बिरुद्धका निकाए र संचार माध्यम एक हुनु पर्छ ।
भनिन्छ, भ्रष्टाचार पूर्ण रुपमा निबारण गर्न सकिदैन, घटाउन भने सकिन्छ, हाम्रो देशमा बिद्यमान भ्रष्टाचार तत्काल घटाउन नसकिए पनि ईच्छाशक्ति भएको प्रतिबद्ध सरकार र नागरिक समाजका लागि असम्भबै भने छैन । त्यसका लागि भ्रष्टाचार कत्ति पनि सहन नसक्ने संस्कृति शुन्य सहनशिलताको संस्कृति बिकास गरि स्पन्दनशिल नागरिक जमात अभिबृद्धि गर्न जरुरी छ । सर्बसाधारण नागरिकहरु सचेत भई घुस माग्ने कर्मचारी वा भ्रष्टाचार गर्नेहरुका बिरुद्ध प्रश्न गर्ने संस्कृति किन संस्कृतिको बिकास गर्न जरुरी छ । जब गल्ति गर्नेका बिरुद्ध औंला ठड्याईन्छ, त्यति खेर गल्ति गर्ने सजग हुन्छन् । बनेका कानुनहरुको पालनाका लागि दबाब दिएर पनि भ्रष्टाचारका बिरुद्ध संगठित हुन सकिन्छ भने स्थानीय स्तरबाट भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरि भ्रष्टाचार गरेमा बद्नामी हुन्छ, असमाजिक भईन्छ भन्ने भयको बाताबरण समेत सृजना गरिन्छ ।
सामाजिक बहिष्कार गर्नका लागि भ्रष्टाचारीलाई जुत्ताको माला लगाउनु पर्छ, कालो मोसो दल्नु पर्छ भन्ने छैन, भ्रष्टाचारीहरुलाई सामाजिक कार्य बिबाह, ब्रतबन्ध, भोजहरुमा निम्तो नदिएर, उनीहरुले आयोजना गर्ने त्यस्ता कार्यमा नगएर पनि बहिष्कार गर्न सकिन्छ । भ्रष्टाचारमा मुछिएका, घुस माग्न पल्केकाहरुलाई सार्बजनिक कार्यक्रममा नबोलाएर, उनीहरुले गर्ने कार्यक्रममा नगएर, उनीहरुलाई अभिवादन नगरेर, अभिबादन नफर्काएर, उनीहरुसँग नबालेर, उनीहरु बसेको ठाउँमा नबसेर पनि सामाजिक बहिष्कार गर्न सकिन्छ । यसरी सामाजिक बहिष्कार गर्दा अमानबिय व्यवहार भने गर्नु हुँदैन ।
अझ भनौं साँच्चिकै भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्ने हो भने एउटा कठोर निर्णय गर्न हामी तयार हुनु पर्छ, हिम्मत गर्नु पर्छ । जीवनको अबिश्मरणिय र महत्वपूर्ण मोड भनेको बिबाह हो, बिबाहले बास्तबिक जीवनको शुरुवात गर्दछ भन्ने मान्तता रहेकोछ । तसर्थ बिबाह गर्दा अब भ्रष्टाचारीको घरमा नगरौं, भ्रष्टाचारीकी छोरी, भ्रष्टाचारीका छोरा, नाती, नातीना, भाई, बहिनीसंग नगरौं । बास्तबिक भ्रष्टाचार बिरुद्धको सामाजिक बहिष्कार त्यहाँबाट शुरुवात हुनेछ ।
बास्तबमा भ्रष्टाचार भनेको एउटा प्रबृत्ति हो, त्यो प्रबृत्तिको शुरुवात भनेको परिवारबाट हुन्छ, श्रीमान, श्रीमतीबाट हुन्छ, श्रीमतीको ईच्छा, आकाँक्षा पूरा गर्न वा श्रीमानको ईच्छा पूरा गर्न भ्रष्टाचार गर्ने गरिएको उदाहरण हामीले बिभिन्न घटना क्रमबाट थाहा पाईसकेका छौं । जब बाबु भ्रष्टाचारी हुन्छ भने निश्चित रुपमा उसको छोरो पनि सोही बाटो तर्फ उन्मुख हुन्छ, भ्रष्ट श्रीमान छ भने श्रीमती पनि भ्रष्टनैं हुन्छ, जब श्रीमान, श्रीमती भ्रष्टाचारी हुन्छन्, उनीहरुका सन्तान पनि त्यहि बाटोमा लाग्छन् । तसर्थ भ्रष्टाचार गरेर होस् वा कुनै अपराध गरेर होस्, जसरी भएपनि अकुत सम्पत्ति जोड्नेहरुसंग साईनो गाँस्ने संस्कारलाई तिलाञ्जलि दिदैं त्यस्ताका घरमा बिहेबारी नगरेपछि त्यो भन्दा ठूलो आत्मसम्मानमा चोट अरु केही हुनेछैन । तसर्थ भ्रष्टको घरमा बिहेबारी नगरौं । यदि भ्रष्टहरुको घरमा बिहे गर्ने हो भने पनि त्यो व्यक्ति पनि भ्रष्टाचारकै मतियार हो, भ्रष्टहरुकै पिछलग्गु हो ।
अन्तमा भ्रष्टका घरमा छोरी नदिऔं,  भ्रष्टकी छोरी घर निभित्र्यायौं । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, समुन्नत समाजको सृजना गरौं ।

Tuesday, July 29, 2014

बासका सहयात्रीहरु


कथित बिलाशी जीवन बिरुद्ध हाम्रो यात्रा

नमस्कार शाह
हिँजो, अस्ति जस्तै लाग्छ, हवाई पत्रिकाको चलन चलिरहेका बेला मैले क्लबको बैठकमा हवाई पत्रिका प्रकाशन गर्नका लागि प्रश्ताव गरेको दिन । पछि हवाई पत्रिका नभई भित्ते पत्रिका प्रकाशन गर्ने भनेर निर्णय भई सोही पत्रिकाको निरन्तरता स्वरुप प्रकाशन गर्न थालेको असल शासनले १३ बर्ष नाघेको पत्तै भएन ।
२०५७ शाल माघ महिना तिर त्यति खेरको राजनितीशास्त्र असल शासन रेडियो श्रोता क्लबको बैठकले भित्ते पत्रिका प्रकाशन गर्ने निर्णय गरेको थियो । प्रकाशनका लागि भिम भण्डारीको नेतृत्वमा सम्पादन समूह गठन भएको थियो, मैले सहसम्पादकको जिम्मेवारी लिएको थिएँ । प्रजातन्त्र पश्चात थुप्रै खालका बिकृति हाबी हुँदै भ्रष्टाचार व्याप्त भएको महसुस गर्दै प्रजातन्त्र दिवसको अबसरमा २०५७ फाल्गुण ७ गते देखि पत्रिका प्रकाशन गर्ने जानकारी सहितको सुचना हामीले महेन्द्र बहुमुखि क्याम्पसमा टाँस्यौं, छोटो समयको अन्तरालमा हामीले प्राप्त गरेको लोकप्रियताका कारण हामीले आशा गरे भन्दा बढि रचनाहरु हामीले प्राप्त गर्यौं । सबैलाई स्थान दिन नसकेपनि धेरैलाई स्थान दिनु हाम्रो बाध्यता थियो । यो बाध्यताले पत्रकारिताको प पनि नजानेका हामीलाई फसाद पार्यो, र त पहिलो प्रकाशन न भित्ते पत्रिका भयो, न त पत्रिकानैं । एक पृष्ठमा असल अर्काे पृष्ठमा शासन, एक पृष्ठमा न्ययम न्य अनि अर्काे पृष्ठमा ख्भचलबलअभ भएर प्रकाशन भयो । व्यवस्थापनको जिम्मेवारी सहकर्मी निर्मल थापाले लिएका थिए, बिज्ञापन उठाएर पत्रिका प्रकाशन गर्नु दाँतले ढुँगा चपाए जस्तै भयो । पत्रिकाको पैंशा तिर्न नसकेर ७ गते बिमोचन हुने पत्रिका ८ गते मात्रै भयो, केही पैंशा पछि दिने भन्दा सबै पत्रिका जलाई दिने धम्कि प्रेस मालिकले दिए पछि सबैले उठाएर पहिलो अँकको पैंशा तिरेको घटना अझैं ताजै छ । यसरी पहिलो अँक प्रकाशित भयो, हामी आबद्ध भएको सँस्था प्रो पब्लिकले हामीलाई बधाई ज्ञापन गर्दै पुरस्कृत गर्यो, यता हामी भने सबै तितर बितर भईसकेका थियौं, किनकि हाम्रो ईण्टर लेभलको पढाईसकिसकेको थियो ।
मासिक रुपमा प्रकाशन गर्ने योजना यसरी थला परेपछि पुनः मेरो नेतृत्वमा २०५८ सालबाट पुनः सो पत्रिका त्रैमासिक रुपमा सुरुवात गर्यौं, जसको शुरुवाती दिनहरुमा अग्रज पत्रकारदाईहरु जयनारायण शाह, झलक गैरेहरुले पत्रिकाका प्रमुख समाचार लेखिदिएर हौसला बढाए, त्यसको लत्तगै पत्रकार रुपन ज्ञवालीले पत्रिकाको सम्पादन सहयोगीको रुपमा रहेर सहयोग गरे । यस क्रममा गणेश खडका लगाएतका साथिहरुले सहयोग गरेका थिए । यसले शुरुवातीका दिनहरु देखिनैं जानी, नजानी भ्रष्टाचारका बिरुद्ध आगो ओकल्न थालिसकेको थियो । यो देशभरबाटै प्रकाशन हुने पहिलो पत्रिका भएकाले देशै भर छरिएर रहेका असल शासन क्लबका साथिहरुले बिभिन्न रचना, समाचार, गतिबिधिहरु पठाउँथे, नियमित रुपमा सामाग्रि पठाउने साथिहरुमा कञ्चनपुरका राम ओली, रोल्पाका महेन्द्र रोका शिषिर, तनहुँका आदर्श शाही, नवलपरासीका नरनाथ पाण्डे लगाएत थिए । यहि क्रममा केही पत्रिका सहयोग स्वरुप प्रो पब्लिकले किन्ने गथ्र्याे ।
पछि गएर यसलाई ....सालमा मासिक बनायौं भने.....मा केही समय पाक्षिक, पुनः मासिक र ....देखि साप्ताहिक रुपमा निरन्तर प्रकाशन हुँदै आएको छ । लामो समय यसले बुलेटिनको रुपमा जीवन पायो । यस क्रममा यस पत्रिकासँग थुप्रै साथिहरु जोडिए, धेरै सहकर्मिहरुको सहयोग र मेहेनेतले आज असल शासन, असल शासन बनेको छ । मलाई सम्झना छ, केही अपवाद बाहेकका सबै सहकर्मिहरु अहिले असल पत्रकार हुन सक्षम भएका छन्, राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका सञ्चार माध्यमहरुसँग आवद्ध हुन सफल भएका छन्, यहि पत्रिकाबाट पत्रकारिता शुरु गरेर पत्रकारितामा प्रगति गर्ने पत्रकारहरु धेरै छन् । यसलाई हामीले ठूलो उपलब्धिको रुपमा हेरेका छौं । म सँगै पत्रिका प्रकाशन थालनिका लागि कम्मर कस्ने त्यति खेरका व्यवस्थापक निर्मल थापा अहिले एक स्थापित लेखक बन्न सफल भएका छन्, बिजौला, युवक लगाएत उनका चर्चित उपन्यासहरु अहिले बजारमा आईसकेका छन्, साँग्रिला डायलग राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका थापाले पत्रकारिताको क्यारियर यहि पत्रिकाबाट शुरु गरेका थिए । २०५८ सालमा कार्यकारी सम्पादकको रुपमा कार्य गरेका बालकृष्ण जोशीले नेपालका धेरै सञ्चार माध्यममा काम गरेर अहिले अमेरिकामा छन् । २०५९ सालमा पत्रिकाको व्यवस्थापकको रुपमा काम गरेका पूर्ण थापा अहिले कैलालीको पत्रकारितामा स्थापित छन् । त्यहि सेरोफेरोमा पत्रिकामा काम थालेकी सिता बोहराले पत्रिकाको प्रतिनिधि हुँदै, व्यवस्थापक, प्रबन्ध सम्पादकको सफल जिम्मेवारी सम्हालिन् भने अहिले पनि पत्रकारितामा सक्रिय छिन् । २०६० साल तिर पत्रिकाको प्रतिनिधि हुँदै सम्पादन सहयोगीको रुपमा काम गरेका ओबिराज आचार्य रेडियो पत्रकारितामा स्थापित भईसकेका छन् भने प्रतिनिधि हुँदै सम्पादन सहयोगी र पछि गएर सहसम्पादक समेत बनेका शम्भुराज रेग्मी राजधानीमा पत्रकारिता गर्दै स्थापित भईसकेका छन् । २०६० साल तिर साना समाचारमा बाईलाईन हाल्दा मसँग झगडा गरेका उमा थापा मगर र खड्क रावत अहिले पत्रकारितामा सक्रिय छन्, उमा त राष्ट्रिय स्तरका समाचार माध्यममा सक्रिय हुनुका साथै नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य समेत भईसकेकि छिन् । २०६० सालमा रिक्त सहसम्पादकको पदमा ओबिराज आचार्य र शम्भुुराज रेग्मी प्रतिष्पर्धि भएपछि बिकल्पको रुपमा सहसम्पादकको जिम्मेवारी सम्हालेका कुमार श्रेष्ठ हाल नेपालगञ्जको पत्रकारितामा सक्रिय छन् । यहि पत्रिकाबाट पत्रकारिता शुरु गरेका लिल प्रकाश चन्द र कमल खत्रि दुबै राजधानीमा पत्रकारिता गरिरहेका छन् ।
रुकुमबाट प्रतिनिधिको रुपमा काम थालेका राजु लामिछाने, बिशेष प्रतिनिधि, सहसम्पादक हुँदै हाल कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् भने बिभिन्न छापा माध्यममा सक्रिय छन् । पत्रकारितामा अब्बल भाईराजा श्रीबास्तब, ईश्वर बि.क., प्रतिनिधि हुँदै प्रबन्ध सम्पादकको जिम्मेवारी सम्हालेका मन भण्डारी, प्रतिनिधि हुँदै हाल सहसम्पादकको जिम्मेवारी सम्हालिरहेका हेमराज भट्ट, प्रतिनिधिको रुपमा काम गरिरहेका सत्य प्रकाश यादब, छबिलाल सुनार यसै पत्रिकाका उत्पादन हुन् भन्दा फरक नपर्ला ।
लामो समय यहि पत्रिकामा प्रतिनिधि देखि सहसम्पादकको रुपमा काम गरेका माधब कार्की, उमा शर्मा लगाएतले यहि पत्रिकाबाट पत्रकारिता थालेका थिए । यहाँ उल्लेख गरिए बाहेक पनि धेरै सहकर्मिहरु छन्, जसले यसै पत्रिकाबाट आफ्नो भबिष्य कोरे ।

यस पत्रिकाका माध्यमबाट हामीले भ्रष्टाचारीहरु बिरुद्ध धावा बोल्यौं, लुकाईएका, कथिएका सुचनाहरु छताछुल्ल पार्यौं, धेरैका गोप्यताहरु भँग गर्यौं, जसबाट धेरैको निद हराम भयो । सिमित स्रोत, साधन, बिज्ञापनको साँघुरो बजारका बाबजुत निरन्तर प्रकाशन हुँदै आएको यो पत्रिकामा धेरै उतार चढाबहरु आए, धेरै बाधा, व्यबधानहरु भए, सहकर्मिहरु आए, गए तर पत्रिका आफ्नो मिसनमा डगमगाएन, कलम बाँगिएन, कलम थाकेन र त यो पत्रिका भ्रष्टहरुका लागि काउछो बन्यो भने सदाचारीको साथि ।
पत्रिका निरन्तर १३ बर्ष देखि समाजका बिकृति, बेथितीका बिरुद्ध खरो रुपमा उत्रिरहेको छ भने समाज बिकास र परिबर्तनका संबाहकलाई प्रोत्साहित गर्न चुकेको छैन । जागिर लगाईदिने बाहनामा यौन शोषण गर्ने अन्तराष्ट्रिय गैससका प्रमुखको नालिबेली देखि प्रेमिकाको जन्म दिनमा लाखौंको परियोजना उपहार दिने आईएनजिओका कर्मचारीका कर्ततुहरु सार्वजनिक गर्न पत्रिका पछि सरेन । अस्पतालमा रासलिला हुँदै गर्दाका तथ्यगत समाचार देखि कार्यालयमा बसि प्रेम पत्र ईमेल मार्फत आदान प्रदान गर्ने हाकिमहरु बिरुद्ध औँला ठड्याउने देखि अकुत सम्पत्ति जम्मा गरि शहरमा महल ठड्याउनेहरु, ठूलो धनराशि खर्चेर नक्कलि परिक्षार्थी राख्ने कथित बिद्यार्थी नेताहरु देखि पत्रकारिताको खोल ओढेर दलाली गर्नेहरुलाई समेत असल शासनको कलमले छाडेन ।
गरिबि निबारणका नाममा रकम ल्याएर कुम्ल्याउने गैससकर्मीहरुको प्रबृत्ति देखि जनताका आँखामा छारो हाली राजनिती गर्ने नेताको शैली सम्म, एचआईभि, एड्स नलागेकालाई सो रोग लाग्यो भनेर दाताहरुबाट डलर ल्याएर डलरको खेती गर्ने नामुद डाक्टर, मानब अधिकारवादी हौं भन्नेहरुबाट अर्काको ज्यान लिएका घटनालाई समेत हामीले छाडेनौं । समग्रमा पत्रिकाले जनता ठग्ने ठग, नागरिक झुक्याउने दलाल, कमजोर चेतना भएका जनताको सम्पत्ति चोर्ने चोर, नायकका नाममा रहेका खलनायक,  सार्वजनिक सम्पत्ति हिनामिना गर्ने फटाहा, जालीका बिरुद्ध पत्रिकाले खोईरो खनेकोछ ।
सार्वजनि सेवा प्रबाहलाई जबरजस्त मागि खाने भाँडो बनाउने सेवा प्रदायक, सार्वजनिक सम्पत्तिको अचाक्लि दोहन गर्ने टाठा, बाठा, जनताको अधिकारमा होलि खेल्ने अधिकारमा बसेका पहुँचवाला, शक्तिको दुरुपयोग गर्ने शक्तिमा रहेका प्रशासकहरु, जनतालाई झुठा आश्वासन दिएर देश चलाउँछु भन्ने राजनेताहरुका बिरुद्ध कलमका माध्यमबाट रखवारी गर्नु सहज बिषय पक्कै पनि थिएन, हामीलाई थाहा थियो, यो अदम्य साहस मात्रै होईन, ठूलो दुस्साहस हो भनेर । यहि असहज बाटोमा पत्रिका लाग्यो र पटक पटक भएका बिभिन्न घटनाहरुले हामीलाई पत्रिकाको कदम फलामको चिउरा चपाए सरह जस्तै भयो तर यात्रा अवरुद्ध भएन, अबिछिन्न अघि बढिरह्यो ।
सत्य तितो हुन्छ, हामीलाई थाहा छ तर अर्काे तथ्य पनि हामीलाई थाहा छ, सत्य यथार्थ हुन्छ, सत्य कसैका लागि तितो होस् त्यसले केही फरक पार्दैन, तर यथार्थ सार्वजनिक गर्यो भने त्यसले सबैलाई फरक पार्छ । यहि मूल मन्त्र हो —असल शासनको । सो क्रममा हामीले कसैसँग सम्झौता गरेनौं, मुकाबिला गर्यौं, सामन्तबादी सामाजिक सँस्कार र अधिकारमा बसेकाहरुसँग । यो क्रममा म लगाएत धेरै साथिहरु माथि साँघातिक हमलाहरु भए, कार्यालय घेरियो, बिभिन्न खाले प्रलोभन देखाईयो, धम्क्याईयो, पछ्याईयो, अहँ हामी गलेनौं । स्थानीय प्रशासनले पटक, पटक धम्कि सहितको स्पष्टिकरण माग्यो, १ पन्ने पत्रको उत्तर चार पन्ने दियौं तर प्रशासनसँग डराएनौं, हाम्रा बिरुद्ध अदालतमा मुद्धा हालिए, एकाध मुद्धा (त्यो पनि कानुन व्यवसायिको धोकाका कारण) बाहेक सबै मुद्धा हामीलेनैं जित्यौं । पत्रिकामा प्रकाशित भएका समाचारका कारण अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानीय स्तरका छानबिन समितिहरु गठन भए, कतिका जागिर गए, कति सरुवा भए, डिमोसन भए, निलम्बित भए । यसको लेखाजोखा गर्न थाल्यो भने लामो फेहरिस्थ बन्न सक्छ । साराँशमा पत्रिकाले सामाजिक सुधारमा टेवा पुर्यायो, भ्रष्ट र अराजकहरुको आत्मसम्मानमा ठेस पुर्यायो । असलहरुको आत्मसम्मान अभिबृद्धि गर्यो ।
भ्रष्टहरुलाई शव्द बाण प्रहार गर्यौं, भित्तामैं पुर्यायौं, आकर्षक शिर्षक र फरक लेखाईबाट पाठकहरुको मन जित्न सफल भयौं तर पत्रकारिताको धर्म, मूल्य, मान्यता हामीले कहिल्यै भुलेनौं र भुल्ने पनि
छैनौं । जसरी असल उद्धेश्यका लागि काँडै, काँडा भएको बाटो हामीले रोज्यौं, त्यस्तै अझैं सयौं बर्ष माईन बिच्छेयाईएको बाटो रोज्न तयार छौं । भ्रष्टहरुको दमित र मक्किएको मनोबिज्ञानलाई नांगेझार पार्न तपाईंहरुको नैतिक समर्थनको खाँचोछ, बाँकी भ्रष्टहरुको कथित बिलाशी जीवनलाई सडक सम्म ल्याउन हाम्रो कलम गोलि साबित त हुनेनैछ ।