Wednesday, October 1, 2014

भ्रष्टाचारीलाई छोरी नदिउँ

नमस्कार शाह
भ्रष्ट आचारणनैं वा बिग्रेको मति नैं भ्रष्टाचार हो । व्यक्तिगत स्वार्थपूर्तिका लागि सार्बजनिक पद वा सम्पक्तिको दुरुपयोगलाई भ्रष्टाचार भनिन्छ । भ्रष्टाचारीले अरु काम केही नपाए समुन्द्रको छालनैं गनेर भएपनि भ्रष्टाचार गर्छ भन्ने जनबिश्वास रहेकोछ भने भ्रष्टाचारीलाई पौरखि मानेर नाता जोड्नेहरुको पनि यहाँ कमि छैन ।
भ्रष्टाचारले कानुनी शासन र लोकतान्त्र्रिक राज्यको उपहास गर्दछ । यसले सनै सनै समाज र राष्ट्रलाई खोक्रो बनाउँछ । भ्रष्टाचार बढ्दै गएमा देशको अर्थतन्त्र चौपट हुन्छ, बिकास अबरुद्ध हुन्छ, राज्यका संयन्त्रहरु कमजोर हुँदै जान्छन् भने भ्रष्टहरुका केन्द्र बलिया भएर जान्छन् । यस्ता केन्द्रहरु बिस्तारै राजनितीक, प्रशासनिक, न्यायिक लगाएतका क्षेत्रहरु हाबी हुन्छन्, अनि देश दुर्गतीको भड्खालोमा फस्छ ।
यहि पृष्ठभुमिमा देशमा भ्रष्टाचार बढिरहेकोछ, संस्थागत भईरहेकोछ, अधिकाँश नागरिकहरु भ्रष्टहरुको प्रगति टुलुटुल हेरीरहेका छन् । कानुनको अपव्याख्या गरि भ्रष्टाचार सहने सर्बसाधारणहरुको बानीको फाईदा लुट्दै केही भ्रष्ट मनोबृत्तिका सरकारी कर्मचारीहरुले सरकारी संयन्त्रलाई दुहुनो गाई बनाएका छन् । निःशुल्क रुपमा दिने सेवा बेचिरहेका छन्, लक्षित बर्गमा जाने बजेट बिचैमा झ्वाम पारिरहेका छन् । बिकास निर्माणका संरचनाहरु निर्माण भएको केही समयमैं गुणस्तरहिन भएर भत्किदैछन्, भवनहरु चर्किदैछन्, ठूला ठूला महत्वाकाँक्षि योजनाहरु भित्र, भित्र  मक्किदैछन् । अर्काको भागको गास खोसेर जनताको आँखामा छारो हालेर कसैका शहर, बजारमा अत्याधुनिक महल ठडिदैछन्, बातानुकुलित गाडी थपिदैछन्, कार्यकर्ता पोसिदैंछन्, छोरा छोरीलाई महँगा स्कुल र कलेज पठाईदैछ, कसैका श्रीमतीहरु महँगा गहनाले सिंगारिदैछन् ।
यो अबस्थामा भ्रष्टाचार बिरुद्ध थुप्रै ऐन, नियम र निर्देशिकाहरु बनेका छन्, केही सरकारी पहलहरु भएका छन्, नागरिक समाजका केही संघ, संस्थाहरु, कानुन व्यवसायि, संचारकर्मीहरु भ्रष्टाचारका बिरुद्ध लागेका छन्, तर भ्रष्टाचारको अबस्था हेर्ने हो भने सरकारी प्रयास र नागरिक समाजको तदारुकता अप्रयाप्त छ, । समाज भ्रष्टाचार सहने समाज भएकोछ, समाजका सदस्यले भ्रष्टाचारलाई संस्कारको रुपमा हेर्ने हुन् की भन्ने भय छ, यो परिबेशमा अब सबै चेतनशिल नागरिकहरुको भुमिका असाध्यै महत्वपूर्णछ, भनिन्छ चेतनशिल नागरिकहरु समाज परिबर्तनका संबाहक हुन् । बिकृति, बेथिती र बिसंगतिका बिरुद्ध लड्न सक्ने, खतरा मोल्न सक्ने व्यक्तिनैं युग चेतना बोकेको व्यक्ति हो, त्यस्ता व्यक्तिहरुको जमातले मात्रै समाज परिबर्तन् गर्न सक्छन्, समाज चुड्कि बजाएका भरमा वा भाषण गरेका भरमा परिबर्तन हुँदैन, समाज परिबर्तनका लागि खराब तत्वका बिरुद्ध बोल्ने र औंला ठड्याउनेहरुको संख्या अभिबृद्धि हुनै पर्छ, काम गर्नेहरुको संख्या बढ्नै
पर्छ ।
भ्रष्टाचारीहरु निश्चित रुपमा शक्तिशालि र सम्पन्नशालि हुन्छन्, उनीहरु कागजी घोडा चलाउन र चतुर्याईं गर्न असाध्यै माहिर हुन्छन् । उनीहरुका बिरुद्ध बोल्नु भनेको उनीहरुको बिलाशिताको जीवन र निहित स्वार्थ माथिको आक्रमण हो, यो भने जति सहज छैन तर नगरि पनि सुख छैन, किनकि केही मुठ्ठि भरका व्यक्तिले हाम्रा् भाग खोस्दैछन् । हाम्रो भाग खोस्नेका बिरुद्ध कन्दनी कसेर लाग्नुको बिकल्प छैन । यसका बिरुद्ध नागरिक समाज, भ्रष्टाचार बिरुद्धका निकाए र संचार माध्यम एक हुनु पर्छ ।
भनिन्छ, भ्रष्टाचार पूर्ण रुपमा निबारण गर्न सकिदैन, घटाउन भने सकिन्छ, हाम्रो देशमा बिद्यमान भ्रष्टाचार तत्काल घटाउन नसकिए पनि ईच्छाशक्ति भएको प्रतिबद्ध सरकार र नागरिक समाजका लागि असम्भबै भने छैन । त्यसका लागि भ्रष्टाचार कत्ति पनि सहन नसक्ने संस्कृति शुन्य सहनशिलताको संस्कृति बिकास गरि स्पन्दनशिल नागरिक जमात अभिबृद्धि गर्न जरुरी छ । सर्बसाधारण नागरिकहरु सचेत भई घुस माग्ने कर्मचारी वा भ्रष्टाचार गर्नेहरुका बिरुद्ध प्रश्न गर्ने संस्कृति किन संस्कृतिको बिकास गर्न जरुरी छ । जब गल्ति गर्नेका बिरुद्ध औंला ठड्याईन्छ, त्यति खेर गल्ति गर्ने सजग हुन्छन् । बनेका कानुनहरुको पालनाका लागि दबाब दिएर पनि भ्रष्टाचारका बिरुद्ध संगठित हुन सकिन्छ भने स्थानीय स्तरबाट भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरि भ्रष्टाचार गरेमा बद्नामी हुन्छ, असमाजिक भईन्छ भन्ने भयको बाताबरण समेत सृजना गरिन्छ ।
सामाजिक बहिष्कार गर्नका लागि भ्रष्टाचारीलाई जुत्ताको माला लगाउनु पर्छ, कालो मोसो दल्नु पर्छ भन्ने छैन, भ्रष्टाचारीहरुलाई सामाजिक कार्य बिबाह, ब्रतबन्ध, भोजहरुमा निम्तो नदिएर, उनीहरुले आयोजना गर्ने त्यस्ता कार्यमा नगएर पनि बहिष्कार गर्न सकिन्छ । भ्रष्टाचारमा मुछिएका, घुस माग्न पल्केकाहरुलाई सार्बजनिक कार्यक्रममा नबोलाएर, उनीहरुले गर्ने कार्यक्रममा नगएर, उनीहरुलाई अभिवादन नगरेर, अभिबादन नफर्काएर, उनीहरुसँग नबालेर, उनीहरु बसेको ठाउँमा नबसेर पनि सामाजिक बहिष्कार गर्न सकिन्छ । यसरी सामाजिक बहिष्कार गर्दा अमानबिय व्यवहार भने गर्नु हुँदैन ।
अझ भनौं साँच्चिकै भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्ने हो भने एउटा कठोर निर्णय गर्न हामी तयार हुनु पर्छ, हिम्मत गर्नु पर्छ । जीवनको अबिश्मरणिय र महत्वपूर्ण मोड भनेको बिबाह हो, बिबाहले बास्तबिक जीवनको शुरुवात गर्दछ भन्ने मान्तता रहेकोछ । तसर्थ बिबाह गर्दा अब भ्रष्टाचारीको घरमा नगरौं, भ्रष्टाचारीकी छोरी, भ्रष्टाचारीका छोरा, नाती, नातीना, भाई, बहिनीसंग नगरौं । बास्तबिक भ्रष्टाचार बिरुद्धको सामाजिक बहिष्कार त्यहाँबाट शुरुवात हुनेछ ।
बास्तबमा भ्रष्टाचार भनेको एउटा प्रबृत्ति हो, त्यो प्रबृत्तिको शुरुवात भनेको परिवारबाट हुन्छ, श्रीमान, श्रीमतीबाट हुन्छ, श्रीमतीको ईच्छा, आकाँक्षा पूरा गर्न वा श्रीमानको ईच्छा पूरा गर्न भ्रष्टाचार गर्ने गरिएको उदाहरण हामीले बिभिन्न घटना क्रमबाट थाहा पाईसकेका छौं । जब बाबु भ्रष्टाचारी हुन्छ भने निश्चित रुपमा उसको छोरो पनि सोही बाटो तर्फ उन्मुख हुन्छ, भ्रष्ट श्रीमान छ भने श्रीमती पनि भ्रष्टनैं हुन्छ, जब श्रीमान, श्रीमती भ्रष्टाचारी हुन्छन्, उनीहरुका सन्तान पनि त्यहि बाटोमा लाग्छन् । तसर्थ भ्रष्टाचार गरेर होस् वा कुनै अपराध गरेर होस्, जसरी भएपनि अकुत सम्पत्ति जोड्नेहरुसंग साईनो गाँस्ने संस्कारलाई तिलाञ्जलि दिदैं त्यस्ताका घरमा बिहेबारी नगरेपछि त्यो भन्दा ठूलो आत्मसम्मानमा चोट अरु केही हुनेछैन । तसर्थ भ्रष्टको घरमा बिहेबारी नगरौं । यदि भ्रष्टहरुको घरमा बिहे गर्ने हो भने पनि त्यो व्यक्ति पनि भ्रष्टाचारकै मतियार हो, भ्रष्टहरुकै पिछलग्गु हो ।
अन्तमा भ्रष्टका घरमा छोरी नदिऔं,  भ्रष्टकी छोरी घर निभित्र्यायौं । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, समुन्नत समाजको सृजना गरौं ।

No comments:

Post a Comment