Tuesday, September 8, 2015

पृथक जन्म दिन


धेरै जसोले आफ्नो वा आफ्ना सन्तानको जन्म दिन केक काटेर, भोज, भतेर गरेर, रेष्टुँरामा फजुल खर्चेर मनाउँछन् तर कोहलपुर स्थित चार बालबालिकाका अभिभावकले भने बालगृहलाई सहयोग गरेर जन्म दिन मनाएका छन् ।
कोहलपुर स्थित नोवेल प्रि मण्टेश्वरी स्कुलले बालबालिकाहरुको जन्मदिन पृथक मनाउने वातावरण तयार गरिदिएपछि उनीहरुले जन्मदिन पृथक रुपमा मनाएका हुन् ।
उक्त मण्टेश्वरीमा रहेका ४ बर्षिया प्रस्नेहा घतांग, ५ बर्षिया हिमाँशु भट्राई, २ बर्षिय निरज बुढाथोकी र ३ बर्षिय अश्विन थापाका अभिभावकहरुले जन्मदिनका अवसरमा रझेना स्थित नवजीवन केन्द्रद्धारा सञ्चालित बाल गृहलाई १ महिना पूग्ने खाद्यान्न सामाग्रि हस्तान्तरण गरेका थिए ।
 नोवेल प्रि मण्टेश्वरी स्कुलले आज कोहलपुरमा आयोजना गरेको शुभकामना आदान”प्रदान तथा जित बिशेष कार्यक्रममा बालगृहका अध्यक्ष ऐन बहादुर घर्तीलाई उक्त सहयोग हस्तान्तरण गरिएका हो । मण्टेश्वरीमा रहेका बालबालिकाहरुको जन्मदिन सामाजिक कार्यमा लगाएर मनाउने गरिएको उक्त मण्टेश्वरीकी सञ्चालक लुना बुढाथोकीले बताईन् ।
कार्यक्रमका प्रमुख अतिथी बासका कार्यकारी निर्देशक नमस्कार शाहले सामाजिक कार्यमा सहभागिता बढ्नु सकारात्मक काम भएको बताए । उनले मानविय सेवामा उत्प्रेरित हुन सबैलाई आग्रह समेत गरे । कार्यक्रममा कोहलपुर जेसिसका महासचिव नवराज उपाध्याय, नवजीवन केन्द्र, बालगृह रझेनाका अध्यक्ष ऐन बहादुर घर्ती, स्थानीय उद्यमी प्रदिप भट्राईले मन्तव्य व्यक्त गरेका थिए भने गायिका भावना जि.सी.ले गित गाएकि थिईन् ।
कार्यक्रमका अतिथीहरुलाई प्रमुख अतिथी शाहले मायाको चिनो प्रदान गरेका थिए भने प्रमुख अतिथीलाई आयोजकका तर्फबाट लुना बुढाथोकीले मायाको चिनो प्रदान गरेकि थिईन् ।  मण्टेश्वरीमा रहेका बालबालिका, अभिभावक तथा सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रमको समापन सञ्चालिका लुनबा बुढाथोकीले गरेकि थिईन् भने सञ्चालन अनु बुढाथोकीले गरेकि थिईन् ।