Thursday, November 3, 2016

किन गरें भोज बहिष्कार ?

- नमस्कार शाह -
नेपालगञ्ज नेपालकै एक पुरानो र ऐतिहाँसिक शहर हो । सुदुरपश्चिम र मध्यपश्चिमको व्यापारिक केन्द्र बिन्दु हो नेपालगञ्ज । बिविधतामा एकता नेपालगञ्जको पहिचान हो । सिमावर्ति शहर नेपालगञ्जले धेरै राष्ट्रिय हस्तिहरु जन्माएको छ, पाएको छ । संबिधानसभाको उपसभामुख र देशको कार्यकारी प्रमुख प्रधानमन्त्री प्राप्त गरिसकेको छ नेपालगञ्जले । थुप्रै कलाकार, साहित्यकार, वकिल, पत्रकारहरुले यहि नेपालगञ्जलाई आधार बनाएर राष्ट्रिय स्तरमा ख्याती कमाईसकेका छन् । हरेक क्षेत्रमा प्रगति गर्नेहरुमा नेपालगञ्जवासीहरुको नाम अग्रपंतिमा आउँछ तर विकासका नाममा नेपालगञ्जले भने अपेक्षा अनुरुप कहिल्यै प्रगति गर्न सकेन । भएका रानीतलाउ, वाटरपार्क, महेन्द्रपार्क कुनै बेलाका पर्यटयिक स्थलको रुपमा मात्रै परिचित बन्न पूगे, त्यति मात्र होईन, प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिरकै परिसरमा रहेको अन्त कतै नभएको जुँगे महादेवको मूर्ति जाने पुल समेत समयमा जिर्णाेद्धार नहुँदा कुनै बेला धरापमा पर्न सक्ने खतरा छ । नेपालगञ्ज पछि विकसित भएका थुप्रै शहरहरुले काँचुली फेरिसके तर नेपालगञ्ज उहि पुरानै गतिमा रुमल्लिईरहेको छ । फोहरी शहरको रुपमा आफुलाई चिनाईरहेको छ । राजनीतिक अस्थिरता, नेपालगञ्जलाई धरातल बनाएर अगाडी बढेकाहरुले आफ्नो दुनो सोझ्याउने काम बाहेक विकासका नाममा सिन्को नभााँचेकाले नेपालगञ्जको यो हविगत भएको हो । अर्काे महत्वपूर्ण कारण लामो समय स्थानीय निकाय जनप्रतिनिधि बिहिन हुनु पनि हो । कर्मचारीको हातमा यहाँको नगरपालिकाको बागडोर गएपछि नेपालगञ्जको पर्यटयिक स्थलहरु जिर्ण भए, विकास सुस्तायो । एक पछि अर्काे समस्या थपिँदै गए ।
नेपालगञ्जको विकासको महत्वपूर्ण समस्या भनेको सडक र ढल हो । बर्षाैं पहिले बनेको सडक र ढलका कारण नेपालगञ्ज कुरुप बन्दै गएको थियो भने बर्षेनि बर्षातमा नेपालगञ्ज डुव्दै आएको थियो । एसियाली विकास बैंकको सहयोगमा चार लेनको चौडा सडक र ढल निकाश गर्ने महत्वाकाँक्षि योजना नेपालगञ्जका अदरदर्शि नेता र लोभिपापीहरुका कारण पटक–पटक अन्य शहरहरुमा गएको चर्चा सँगै तीन बर्ष पहिले यस्तो महत्वाकाँक्षि योजना आउन लागेको जानकारी प्राप्त भएपछि दुई पक्षमा यहाँका भद्र, भलाद्मीहरु बाँडिए । एक पक्ष चारलेनकोे सडक बनाउने योजना कार्यान्वयन गर्नु पर्दछ भन्ने र अर्काे सर्वसाधारणका घर भत्काएर सडक चौडा पार्नु हुँदैन भन्ने । यो विवाद लामो समय चल्यो अन्ततः परिवर्तनकारी, विकासप्रेमी नागरिकहरुको समर्थनमा तत्कालिन नेपालगञ्ज नगरपालिकाका कार्यकारी अधिकृत लोक बहादुर सुनारले सडक च्यापेर बनाएका घरहरुमा डोजर लगाए, त्यस बेलाका प्रहरी प्रमुख बिक्रम सिंह थापा खरो भएर नगरपालिकाका पक्षमा उत्रिय ।
यसरि शुरु भयो– नेपालगञ्जको मुहार फेर्ने गरि सडक चौडा पार्ने कार्य । सुर्खेत सडक खण्डको कोहलपुर देखि राँझा देखि जमुनाह सम्मको सडक फराकिलो पार्ने ठेक्का पाए क्रमशः नेता बिक्रम पाण्डेको कालिका कन्सट्रक्सन र भारतिय कम्पनी पप्पु जे.भि.ले ।
एशियाली विकास बैंकको ऋण सहयोगमा कोहलपुर–राँझा खण्डको ११ किमी ७ सय मिटर खण्ड कालिका कन्स्ट्रक्सन प्रालि र रांझा–नेपालगन्ज–जमुनाहको १० किमी ५ सय मिटर खण्ड एएमआर पप्पु जेभीले २९ मार्च २०१३ मा २४ महिना भित्र काम सम्पन्न गर्नु पर्ने शर्तसँगै सम्झौता गरि काम थालेका थिए । दुवै खण्डको बजेट झण्डै ४८÷४८ करोड थियो । कालिकाले तोकिएको म्यादभन्दा आठ महिनाअगावै निर्माण पूरा गर्यो । ढल निर्माणको काम थपेर अहिले ६३ करोड बराबरको ठेक्का लिएको पप्पुले भने अनेक बाहना निकालेर डेढ वर्ष ढिलो गरिसकेको छ । अझै, रेलिङ र डिभाईडर हालेको
छैन । निर्माणको काम अपूरो, अधुरो छ । कालोपत्रे उत्रिन थालिसकेको छ ।
सडक निर्माणको अवधिमा हिँड्नै नसक्ने गरि धुलो खुवायो पप्पुले, बिहान, बेलुकी सडकमा पानी हाल्न पर्नेमा अटेर गर्दा त्यसका लागि पनि नागरिकहरु प्रशासननैं धाउनु पर्यो । स–साना योजनाहरु सञ्चालन गर्दा योजना स्थलमैं सुचना पार्टी राखि सबै विवरण पारदर्शी गर्नु पर्ने बाध्यकारी प्रावधान कानुनी रुपमैं सुनिश्चित भएका बेला करोडौं रकममा सडक निर्माण थालेको पप्पुले सो बारेको सूचना
(जानकारी मूलक) बोर्ड कहिँ, कतै टाँसेन न त यस अवधिमा कोही, कसैको पृष्ठपोषणनैं लिने कामनैं गर्यो । सडकमा चरम ढिलाई भएको, गुणस्तरहिन सडक निर्माण हुँदै गरेका आवाजहरु गुञ्जिईराखे, ति आवाजलाई न प्रशासनले सुन्यो, न सडकले, न त ठेकेदार कम्पनीलेलैं । दुई बर्ष सम्म कानमा तेल हालेर बसेको उक्त कम्पनी अन्ततः ठूलावडाहरुलाई भोज खुवाएर काम फत्ते गर्ने प्रपञ्चमा लाग्यो ।
यो गुणस्तरहिन सडकको बिषयमा म सूचना संकलन गरिरहेका थिएँ । त्यहि क्रममा जेष्ठ ५ गते पप्पुले नेपालगञ्जको सिटि प्यालेसमा साँझ पख अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ भन्ने बारेमा सूचना पाएपछि म कार्यक्रममा बिशेष चाँसो लिएर सहभागि हुन गएँ । म जव उक्त कार्यक्रम स्थलमा पूगें, त्यहाँको माहोल अर्कै पाएँ । जहाँ मनमर्जी तरिकाले चिया, चिसो र खाजा खानपिन भईरहेको थियो भने खानाका लागि होटेलका कर्मचारी आवश्यक व्यवस्था मिलाउँदै थिए । हलमा खुट्टा टेक्ने ठाउँ थिएन, करिव सय जनाको उपस्थिती थियो । कार्यक्रममा उच्चस्तरिय व्यक्तित्वहरु  थिए । सामान्य व्यक्ति देखि बिभिन्न दलका कार्यकर्ता, नेता, उद्योगि, व्यवसायि, पत्रकार, वकिल लगाएत प्रहरी, प्रशासन प्रमुख र सभासद सम्मका व्यक्तिहरु उक्त कार्यक्रममा सहभागि थिए ।
म कार्यक्रम भित्र पस्दै गर्दा व्यानर विनाको कार्यक्रममा पप्पु कन्स्ट्रक्सनका प्रमुख हरि नारायण प्रसाद रौनियार बोल्दै थिए । करिव १ घण्टा बोलेका उनले स्थानीय प्रशासन, बिद्युत, टेलिकम, खानेपानी कार्यालय र स्थानीयवासीहरुबाट सहयोग नपाएकाले काममा ढिलाई भएको बताएका थिए । लामो समय भएको नाकावन्दि लगाएत कारणहरुले काम समयमा भएन—उनले भनेका थिए—अब काम ९८ प्रतिशत सम्पन्न भईसकेको छ, सडकमा पालिस लगाउन मात्र बाँकी छ । उनले सडक गुणस्तरिय भएको जिकिर गर्नुका साथै सडकको गुणस्तरियताको कुरा उठाउनेहरुले कुरा नबुझि कुरा उठान गरेको आरोप समेत लगाएका थिए । सञ्चार माध्यम पनि एकपक्षिय भएका छन्, यसमा मेरो चित्त बुझेको छैन—उनको भनाई थियो ।
सडकको बेहाल अवस्था देखिरहेका सबै व्यक्तिहरुलाई वेकुफ बनाउन खोज्दै ९८ प्रतिशत काम सकिएको भनेर उनले भाषण दिएपछि मलाई सहि नसक्नुको रिस उठ्यो । हतास मानसिकतामैं भएपनि सडक गुणस्तरिय भएको भनि पप्पु कन्स्ट्रक्सनका प्रमुख हरि नारायण प्रसाद रौनियारले अभिव्यक्ति दिए पश्चात बोलेका सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजेश यादव सडक गुणस्तरिय भएको भनेर दुधको साँक्षि बिरालो बनिदिएपछि मेरो रिसको सिमा रहेन ।
यि दुई जनाले बोलेपछि छलफलका लागि सहभागिलाई समय दिईयो । सो क्रममा बोल्ने एकाध सहभागि बाहेक सबैले पप्पुको कामको आलोचना गरे । छलफलका लागि खुला गरिएको जानकारी पाए लगत्तै बोल्नका लागि मैले हात उठाउँदा समेत मेरो पालो पाँचौं नम्वरमा आयो । मैले शुरुमैं साँझ पख गलत नियतले कार्यक्रम आयोजना गरि भोज खुआउन थालेको भन्दै बहिष्कारको घोषणा गरे । जनताको आँखामा छारो हालि कमसल सडक बनाउने, अनि भोज, भतेर गरेर गल्ति अनुमोदन गराउने कार्य गलत हो— मैले कार्यक्रममा भने—गर्छु भनेको काम नगर्नु भ्रष्टाचार हो, पप्पुले समय सिमा भित्र काम नगरेर भ्रष्टाचार गरेको छ ।
प्राविधिक कुराहरु गरेर जनतालाई गुम्राहमा पार्न खोजेता पनि सर्वसाधारणले सडकको गुणस्तर राम्रोसँग बुझेको बताउँदै मैले हिम्मत भए सडकमा गएर जनताका गुनासो सुन्न पप्पुलाई चेतावनी दिएँ । म पछि बोल्ने धेरैले पप्पुको उछित्तो काडे स्थानीय शान्ति समिति, बाँकेका संयोजक तेज बिक्रम शाहले त मेरो कुरालाई समर्थन गर्दै गुणस्तरहिन सडक बनाउनेद्धारा गरिएको भोज बहिष्कार गर्नु पर्ने र भोजमा सहभागि हुनेको निगरानी गर्नु पर्ने समेत बताईदिए ।  कार्यक्रममा सडकको गुणस्तरियताका लागि रखवारी गर्दै आएको नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ माथि पप्पुका रौनियार खनिए । उनले अनावश्यक रुपमा कुरा नबुझि बाणिज्य सँघले पत्र काट्ने लगाएतका काम गरेको आरोप लगाए । जवाफमा अध्यक्ष श्रेष्ठले नागरिक सरोकारका बिषयमा कसैसँग नझुक्ने बताएका थिए ।
यसरी गलत नियतले आयोजना गरिएको भोज बहिष्कार गर्न आह्वान गरिसकेपछि सबै उठेर हिँड्लान् भन्ने मेरो अनुमान गलत सावित गरिदिए धेरैले । छलफल सकिनै बित्तिकै पूर्व घोषणा गरिए बमोजिम म र स्थानीय शान्ति समिति, बाँकेका संयोजक तेज बिक्रम शाह भोज बहिष्कार गरि कार्यक्रम स्थलबाट बाहिरियौं । बाहिरिदै गर्दा पप्पुका प्रमुख हात जोड्दै भोजमा सरिक भईदिन अनुरोध गर्दै थिए हामी बाहिरियौं । हामी पछि बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सहायक प्रजिअ गञ्ज बहादुर एम.सी., बाँकेका प्रहरी नायव उपरिक्षक भिम किरण बोगटी, नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाली काँग्रेश, बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठ, अधिवक्ता प्रहलाद बहादुर कार्की लगाएत हामी पछि भोज बहिष्कार गरेर कार्यक्रमबाट बाहिरिए भने कार्यक्रम नसकिँदै नेपाल पत्रकार महासँघ, बाँकेका पूर्ब अध्यक्ष शुक्रऋषि चौलागाईं, निरज गौतम, नेपाली काँग्रेशका नेता सुनिलनरसिंह राणाले कार्यक्रम बहिष्कार गरेर निस्किसकेका थिए । तर तीन दर्जन बढि बिभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उक्त भोजमा सरिक भए ।
नेपालगञ्जको राँझा देखि जमुनाह सम्मको ४ लेन फराकिलो सडक निर्माण गर्ने जिम्मेवारी लिएको पप्पु कन्सट्रक्सनले सम्झौता अवधि भित्र काम सम्पन्न गर्न नसक्नुका साथै गुणस्तरहिन सडक निर्माण गरेपछि जन आक्रोश बढिरहेको थियो । अझ यो भोजले उसको असलि चरित्र उदाँगो पारिदियो ।
काम गर्न थालेको ३ बर्ष सम्म नागरिकहरुका गुनासाहरुलाई वेवास्ता गर्दै कानमा तेल हालेर बसेको उक्त कन्सट्रक्सनले भोज, भतेर सहितको कथित अन्र्तक्रिया कार्यक्रम गरेपछि सर्बसाधारणहरु गुणस्तरहिन सडकका बिरुद्ध सडकमा ओर्लिन बाध्य भए ।
निर्माण भइरहेको राँझा देखि जमुनाहा सम्मको १०.५० कि.मी. सडक भद्रगोल स्थितिमा पूगेको, निर्माणाधीन रहेकै स्थितिमा सडक विभिन्न स्थानमा भत्किएको, खाल्डो परेको र अधुरो रहेको अवस्थामा भोज गरिएको समाचार पत्रपत्रिकामा प्रकाशन हुनुका साथै भोज आयोजना गरिएको लगत्तै सामाजिक सञ्जाल फेसबुकको भित्ता भोजकै बिरोधमा रंगियो । केही सञ्चार माध्यमले निरन्तर उक्त बिषय उठान गरिदिएपछि त यो बिषयले चर्काे रुप लियो ।  यसै बिषयलाई लिएर बिभिन्न बिद्यार्थी सँगठनहरुले सयुक्त रुपमा बिरोध जनाउँदै बिज्ञप्ती जारी गरे । उता भोजमा सहभागि नभएको भन्दै प्रतिकृया जनाउने र बिज्ञप्ती प्रकाशन गर्ने लहरनैं चल्यो । पप्पुले भोज गरेको दुई दिन पछि बिज्ञप्ती जारी गर्दै भोजनैं नगरेको र बिल कसैको पनि भुक्तानी नगरेको बताएर थप चरित्र उदाँगो पार्यो ।
यसरी सडक सुधारका लागि हामी एक्यवद्ध हुँदै जेष्ठ ११ गते गुणस्तरिहिन सडक निर्माणका बिषयमा बिरोध प्रर्दशन गर्ने निर्णयमा पूग्यौं र त्यहि किसिमको तयारीमा लाग्यो । हाम्रो आह्वानलाई स्विकार्दै सयौं व्यक्तिहरु सडकमा आए, ऐक्येवद्धता जनाउन । सडक सुधारका लागि बिभिन्न नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पूगि ज्ञापन पत्र दियौं । ज्ञापन पत्र पाए लगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारीले सडकलाई पत्र लेखि तत्काल सडक सुधार गर्न र सो बारे यथार्थ जानकारी दिन निर्देशन सहितको पत्र काट्ने काम गरे । सडकले काम भईरहेको, सडक निर्माणका क्रममा भएका कमि, कमजोरी सुधार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको जवाफ दियो । हामी जनता जगाउन लागिरह्यौं, कहिले फोटो प्रर्दशनी गरेर, कहिले सरोकारवालाहरुसँग अन्र्तक्रिया लगाएतका कार्यहरु गरेर । यो अभियान पश्चात सडकमा रेलिँग हाल्दै गरेको, कल्भर्ट बनाउँदै गरेको, डिभाईडर बनाउँदै गरेको दृश्य हामीले देखिरहेका छौं । पछिल्लो पटक प्रशासन कार्यालय पूगेर पुनः बाँकेका प्रजिअको गम्भिर ध्यानाकर्षण गराउँदै सडक सुधारका लागि भईरहेको प्रगति बारे जानकारी लिएका छौं । प्रजिअ रविलाल पन्थले तत्काल सर्बपक्षिय सरोकारवालाहरुको बैठक आयोजना गरि सडक सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सडक सुधार नहुञ्जेल सम्म हाम्रो प्रयास रोकिनेछैन, हामी निरन्तर लागिरहनेछौं केवल यहाँहरुको सहयोग र समर्थनमा ।