Wednesday, October 8, 2014

नागरिक समाजको स्वतन्त्रता माथि प्रश्न चिन्ह
नमस्कार शाह
जनताद्धारा जनताका लागि गरिने शासन प्रणालीलाई प्रजातन्त्र, लोकतन्त्र भनिन्छ, प्रजातन्त्रमा जनता सार्वभौम हुन्छन् । स्वतन्त्रता, मानब अधिकारको रक्षा, सुशासनको बाहाली, सुरक्षा, शान्ति, कानुनको शासन प्रजातन्त्रका बलिया आधारस्तम्भ हुन् । जुन प्रणालीमा शासन सञ्चालन गर्नका लागि जनताले आफ्ना प्रतिनिधि चुनेर पठाउँछन् । त्यस्ता प्रतिनिधिहरु बिभिन्न राजनितीक दलहरुबाट प्रतिनिधित्व गर्दछन् । यसरी बिभिन्न दलबाट प्रतिनिधित्व गर्दै जनताबाट चुनिएर जानेहरुले सरकार सञ्चालन गर्दछन् ।
जनताले पठाएका प्रतिनिधिहरुबाटै सरकार बनेता पनि उनीहरु अधिकारमा पुग्दा जनता प्रति जवाफदेही नहुन सक्ने खतरा बढि हुन्छ, त्यस्तो अवस्थामा जनताले सरकारका बिरुद्ध स्वतन्त्र ढँगले आवाज उठाउन सक्दछन्, बिरोध जनाउन सक्दछन् । यस्तो बेला नागरिक समाजले सरकार र जनता बिच पुलको काम गर्नु पर्दछ, सहजिकरणको भुमिका निर्बाह गर्नु पर्दछ ।
लोकतान्त्र्रिक मूल्य र मान्यता अवलम्बन गरेका राष्ट्रहरुमा नागरिक समाजको भूमिका अपरिहार्य हुन्छ । नागरिकका आवाज उठाउन र समाजिक सवाल उठान गर्नका निमिक्त नागरिक समाजको परिकल्पना गरिएको हो । नागरिक समाज सँगठित स्वतन्त्र शक्ति हो, जसमा गैर सरकारी, गैर राजनितीक व्यक्तिहरु सँलग्न रहन्छन् । जसले नागरिकका निम्ति सामाजिक आन्दोलनहरु, अभियानहरु सञ्चालन गर्दछ । यो स्वयंसेबि सँस्था हो । जसले साझा बिषयमा सधैं स्थानीय श्रोत, साधनको उपयोग गरेर काम गर्दछ । नागरिक सवालका बिषयमा सरकारलाई दवाब दिने, सरकारी कमि, कमजोरीहरु बिरुद्ध आवाज उठाउने, सरकारी निती तथा कार्यक्रमहरुको अनुगमन गर्ने, रचनात्मक सुझाबहरु दिने काम गर्दछ । यो सँगठित तथा असँगठित रुपमा रहन सक्दछ । यो अनुशासित शक्ति हो, जसले जनता प्रति सरकारलाई जवाफदेही बनाउने कोशिस गर्दछ । ठूला, ठूला सामाजिक अभियान तथा परिवर्तनमा नागरिक समाजले अहम् भूमिका खेल्ने गर्दछ ।
नेपालकै ईतिहाँसलाई हेर्ने हो भनेपनि नागरिक समाजले ठूल–ठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन् । चाहे २०४६ को पहिलो जनआन्दोलन होस्, चाहे २०६२÷२०६३ को दोश्रो जनआन्दोलन होस् या अन्य आन्दोलन, ति सबै आन्दोलनमा नागरिक समाजले अग्रणी र नेतृत्वदायी भूमिका निर्बाह गरेको थियो । त्यति मात्र नभई नागरिकको चेतना स्तर अभिबृद्धि गर्न, सामाजिक परिवर्तन गर्नका लागि नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । लोकतन्त्रलाई सहि मार्गमा हिँडाउन, सामाजिक सन्तुलन कायम गराउने मार्ग तर्फ अग्रसर हुने जिम्मेवारी नागरिक समाजको हो । यति हुँदा हुँदै नागरिक समाज जिवन्त र स्वतन्त्र नभएको आरोप लाग्ने गरेको छ । पश्चिमा राष्ट्रहरुमा नागरिक समाजको स्वतन्त्रता र निष्पक्षता माथि प्रश्न चिन्ह खडा भईरहेको छ । अझ नेपालको नागरिक समाज बिभिन्न राजनितीक आस्थामा बिभक्त छ, बिभाजित छ । नागरिक समाजका अगुवा बिबादित छन् । राजनैतिक दल र नागरिक समाजको दोहोरो, दुईपक्षिय भूमिकामा एकै व्यक्ति देखिनाले नागरिक समाजको मर्यादा नेपालमा घट्दै गएको आभाष हुन्छ ।
यस सन्दर्भमा चर्चित समाजशास्त्रि डाक्टर सौभाग्य शाहद्धारा लिखित ऋष्खष् िक्यअष्भतथ ष्ल उबिअभक  स क्यात कतबतभ बलम चभनष्mभ अजबलनभ ष्ल ल्भउब िनामक पुस्तकमा उनले नेपालको नागरिक समाजको आलोचना गरेका छन् । उनले नेपालका राजनितीक दल र नागरिक समाजको भुमिकामा खासै फरक नरहेको टिप्पणि गरेका छन् भने नागरिक समाजलाई एनजिओकरण गरिएको यथार्थ तथ्य प्रस्तुत गरेका
छन् । देशमा कानुनको शासन सुनिश्चित गर्न, नागरिक हक, अधिकार संरक्षित गर्नुको सट्टा राजनितीक दलहरुको जस्तो काम गर्ने,  शक्ति र सत्ताको ख्याल गर्ने, कुनै एउटा पार्टीको पक्षपोषण गर्ने जस्ता प्रबृति नेपालको नागरिक समाजमा देखिएको उनको भनाई छ । उनले भने जस्तै नेपालमा नागरिक समाजका बारेको बुझाईमा धेरैलाई भ्रम छ ।
नेकपा एमालेको गत महाधिबेशन ताकाका अध्यक्ष पदका प्रत्याशि सुबोधराज प्याकुरेल हाम्रो देशको नागरिक समाजका ठूला नेता हुन् । उनी मात्र नभई उनी जस्ता नागरिक समाजका अगुवा बिभिन्न दलका नेताहरु छन् । दलका नेताहरु नैं नागरिक समाजका अगुवा भएपछि कसरी हुन्छ, नागरिक समाजको निष्पक्षता ? अनि तिनै व्यक्तिहरुले अगुवाई गरेको नागरिक समाजको झुण्डले उनीहरुको पार्टीले गरेको कमजोरीका बिरुद्ध कसरी आवाज उठाउन सक्दछ ? यो सोचनिय बिषय हो ।
नागरिक समाजको खोल ओढेर पार्टीको पक्षपोषण गर्नु, पार्टीहरुको आडमा नागरिक समाजका नाममा सँगठित हुनु, बिभिन्न दलको प्रचार, प्रसारमा लाग्नु, झण्डा बोक्नु, दिनहुँ राजनितीक शक्ति केन्द्रहरु धाउनु कदापि नागरिक समाजका सदस्यको कार्य हुन सक्दैन । स्वतन्त्रता र निष्पक्षता नागरिक समाज का गहना हुन्, चरित्र हुन् । यहि चरित्रबाट नागरिक समाजको मर्यादा बढेको हो तर नागरिक समाजको खोल ओढेका अवसरवादी तथा गैर नागरिक समाजका सदस्यहरुका कारण यसको मर्यादा घट्दै गईरहेको छ । एउटा दलको नेता, कार्यकर्ता पनि नागरिक समाज, फौजदारी अभियोग लाग्ने गरि अपराधिक काम गर्ने व्यक्ति पनि नागरिक समाज, सरकारी जागिरे, रात दिन पैंशा कमाउन तल्लिन व्यक्ति पनि नागरिक समाज, स्वतन्त्र ढँगले कुनै दलको सदस्यता नलिएको, सरकारी जागिर नखाएको व्यक्ति पनि नागरिक समाज भएपछि कसलाई नागरिक समाज भनेर
चिन्ने ? सर्बसाधारण अन्यौलमा छन् । बिश्वको परिभाषा अनुसार नेपालको नागरिक समाज नभएपछि अव नेपालका लागि मात्रै नागरिक समाजको परिभाषा परिबर्तन गर्ने हो कि ? ताक परे तिवारी नत्र गोतामे भनकै नागरिक समाज रहेछ भनेर ? अन्यथा नागरिक समाजको मर्यादा कायम गर्न कोहि चुक्नु हुँदैन ।
(शाह बासका निर्देशक हुन्)

No comments:

Post a Comment