Sunday, March 22, 2015

शिष्टाचार अभियानको थालनि गरौं


नमस्कार शाह
जिल्ला कृषि बिकास कार्यालय, बाँकेले निजामति दिवसको अबसरमा केही बर्ष अघि कार्यालयमा आएका सेवाग्राहीहरुलाई फुलमाला लगाएर स्वागत गरेको थियो । जुन कार्यको प्रसंशा उल्लेख्य मात्रामा भएको थियो । तर यस्ता शिष्टाचारपूर्ण कार्य सरकारी कार्यालयहरुद्धारा कमै मात्रामा आयोजना हुन्छन् । समय सापेक्ष रुपमा सेवाग्राहीहरु प्रति जवाफदेहिता अभिबृद्धि गर्नका लागि सेवादायि सँस्थाहरुले सकारात्मक कामको थालनि गर्नु पर्दछ ।
बिश्वका धेरै मुलुकका सरकारी कार्यालयहरुले कार्यालयमा आएका सेवाग्राहीहरुलाई फुल दिएर, मुस्कुराएर, हात जोडेर नमस्कार गर्नका लागि सेवाग्राही सत्कार कक्ष बनाएका हुन्छन्, जुन कक्षमा कार्यरत कर्मचारीहरुले सेवा लिन आएका सेवाग्राहीहरुलाई स्वागत र बिदाई गर्ने काम गर्दछन् तर यहाँ त्यस्तो स्वागत कक्ष त टाढाको कुरा भयोे पटक पटक सेवाग्राहीहरुले हात जोडेर नमस्कार गर्दा पनि अनुहारमा नहेरिदिने सेवाप्रदायकहरु छन् । राम्रो संग नबोलिदिने र राम्रो व्यवहार नगरिदिने सरकारी रबैयाका कारण सेवाग्राहीहरु सरकारी कार्यालयमा जाँदा नाक खुम्च्याउँछन्, गैर सरकारी संस्था र निजि क्षेत्रका कार्यालयहरुमा गएर खुलेर कुरा गर्ने सर्बसाधारण सरकारी कार्यालयमा गएर आँखामा आँखा जुधाएर आफ्ना कुरा राख्न सक्दैनन् । केही बर्ष अघि बाणिज्य बिभाग र भन्सार बिभागमा मुस्कान सहितको सेवा शुरु भएको थियोे, अहिले पनि केही सरकारी कर्मचारी आफु कहाँ सेवा लिन जानेहरुलाई उनी जुरुक्क उठेर हात जोडेर नमस्ते गर्छन् र पनि उनीहरु सानो भएका छैनन, के अरुले पनि त्यस्तो शिष्टाचार शुरु गर्न सक्दैनन् ?
६ देखि ७ घण्टाका लागि मात्रै म सरकारी कार्यालयको प्रमुख वा कर्मचारी हुँ, त्यसपछिको १७ देख १८ घण्टा म पनि अरु नागरिक जस्तै सेवाग्राही हुँ भन्ने कुरा अब सबैले बुझ्न जरुरी छ । चाहे राष्ट्रिय सर्तकता केन्द्रले होस् या अन्य कुनै गैससले होस्, ति सबैले गरेको सर्बेक्षणले नागरिक सरकारी कर्मचारीको व्यवहारबाट सन्तुष्ट छैनन् र यि दुई बिचको सम्बन्ध पनि सुमधुर छैन भन्ने देखाएकोछ ।
यो बिद्यमान अबस्थालाई अन्त्य गरि सेवाग्राहीमैत्री सरकारी कार्यालय बनाउनका लागि अब सरकारी कार्यालयहरुले सेवाग्राहीलाई सन्तुष्ट पार्न सक्नु पर्दछ । जसका लागि ाष्चकत अयmभ, ाष्चकत कभचखष्अभ को निती अवलम्बन गर्नु पर्दछ भने अशक्त, अपाँग, जेष्ठ नागरिक, नावालक र महिलालाई सेवा प्रदान गर्दा बिशेष प्राथमिकता दिनु पर्दछ । छोटो समयमा तत्काल सेवा दिदै सेवा दिन नसके सेवा उपलब्ध हुन नसक्नुको स्पष्ट कारण सेवाग्राहीलाई दिई जवाफदेहिता प्रर्दशन गर्नु पर्दछ । सरोकारवालाहरु बिच सहकार्यको बिकास गरि सुझाब र गुनासो सुन्ने प्रभाबकारि व्यवस्था गर्नु पर्दछ । त्यति मात्र नभई स्थानीयस्तरका सेवाप्रदायकले सेवाग्राही नागकिसँग गरिने व्यवहारमा सुधार गर्नका लागि सरकारी निकायहरुले शिष्टाचार अभियान सञ्चालन गर्न जरुरी छ ।
यस्तो अभियान कम्तिमा बर्षको दुई पटक सञ्चालन गर्न सकिन्छ । यस्तो अभियान सञ्चालन गर्दा सेवाप्रदायकले सेवाग्राहीसँगको व्यवहार, सम्पर्क गर्ने र बोल्ने तरिका, हाउभाउ र प्रर्दशनमा मिठास र बिनम्रता ल्याउज जरुरी छ, जुन अभियानको बारेमा सम्बन्धित कार्यालयले पहिलेनैं सार्वजनिक रुपमा जानकारि दिनु पर्दछ । कार्यालयले शिष्टाचार अभियान सञ्चालन गर्दा बिभिन्न पक्ष मध्ये कुनै एक पक्ष वा एक भन्दा बढि पक्षलाई लिएर गर्न सक्दछ । शिष्टाचार अभियान भित्र स्रोतको सार्बजनिकरण, पारदर्शी कार्य संचालन, जवाफदेही कार्य शैली,  नियमित सुचना प्रबाह, आवधिक कार्य योजना, कार्य प्रबाह तालिका, नतिजामुलक कार्य तालिकाको तयारी,  कार्यगत लक्ष तथा कार्य सम्पादन परिसुचक तय, कार्यक्रम र प्रगतिको सार्बजनिकरण, सहजिकरण समिति गठन, प्रभाबकारी बैठक व्यवस्थापन,  नागरिक गुनासो व्यवस्थापन, नागरिक बडा पत्र, समयबद्ध सेवा, हेल्प डेस्क,  सेवा केन्द्रहरुको नक्शा, सेवा सम्बन्धि नारा घोषणा, कार्यक्रम बर्ष घोषणा,  सार्बजनिक सुनुवाई,  नमुना कार्यालयको घोषणा, सेवा प्राप्तिको उत्प्रेरणा,  बैकल्पिक कर्मचारीको व्यवस्था,  कार्यालयको सुव्यवस्था, संचार सुबिधा, टोकन प्रणाली, उजुरी पेटिकाको व्यवस्था, सदाचार पद्धति, सत्बिचार र चिन्तन, मुस्कान सेवा, सार्बजनिक शाखमा अभिबृद्धि आदि पर्दछन् ।
यि गतिबिधि मध्ये कुनै पनि गतिबिधि सम्बन्धित कार्यालयले सञ्चालन गर्न सक्दछन्, जसबाट सेवाग्राहीहरुले फरक कुराको अनुभुत गर्न पाउन् । हालै बाँकेको साईगाउँ गाबिसले १६ औं गाउँ परिषदबाट साईगाउँवासीको आवाज, भ्रष्टाचारमुक्त समाज भन्ने बर्ष नारा घोषणा गरेको छ । हो यहि हो शिष्टाचार अभियानको शुरुवात । यस्तो सुरुवात अब सबै सरकारी कार्यालयले गर्नु पर्दछ । आफ्नो अस्तित्व कसैले स्विकारिदिओस् भन्ने लाग्छ भने पहिले आफुले अरुको अस्तित्व स्विकार गर्नु पर्दछ, अनि मात्र उसले आफ्नो अस्तित्व स्विकार गर्दछ । तसर्थ सकारात्मक कामको थालनि अब शिष्टाचार अभियानबाट गर्नु पर्दछ, जसबाट सेवादायि र सेवाग्राहीहरु बिचको सम्बन्ध सुमधुर हुने आशा गर्न सकिन्छ ।

No comments:

Post a Comment